२०८३ कार्तिक १२ गते बुधवार

पत्रकार सम्मेलनमा गोली चल्यो, ३ जनाको मृत्यु

काठमाडौं, १० पौष । हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा आयोजित एउटा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जना पत्रकार रहेको हाइटीको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । देशकै ठूलो सरकारी अस्पताल स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल फेरि खोल्न लागिएको विषयमा पत्रकार सम्मेलन भइरहेको थियो ।

सो अस्पताल विद्रोही समूहले कब्जामा लिएको थियो । विद्रोही समूहलाई हटाएर सरकारले अस्पताल खोल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पनि उपस्थित हुने कार्यक्रम थियो । तर स्वास्थ्यमन्त्री उपस्थित नहुदै गोली चलेको हो । आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको छ । क्यारेबियन देश हाइटी लामो समयदेखि द्वन्द्वको चपेटामा छ ।।

प्रकाशित मिति : २०८१ पुष १० गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।