२०८३ कार्तिक ११ गते मङ्गलवार

चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै

तुलसीपुर, ९ पुष । चिसो बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । मंङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो। तराइमा शीतलहर र  हिमाली क्षेत्रमा हिमपात बढ्न थालेपछि चिसो बढेको हो । चिसो बढ्दै जाँदा बालबालिका र वृद्धवृद्धाहरू बिरामी हुने क्रम पनि बढेको स्थानीय स्वास्थ्य संस्थाले जनाएका छन्।

शीतलहर चलेर चिसो बढ्न थालेपछि विशेष गरी बालबालिका, वृद्धवृद्धाहरू र मजदुरहरु समस्यामा परेका छन् । चिसोबाट बच्न अत्यावश्यक काम बाहेक साँझ विहान घरबाट बाहिर ननिस्कन डाक्टरहरुले सुझाव दिएका छन । साथै न्यानो बनाउने हिटर , गिजर लगायतका नाममा विद्युतीय सामग्री बाल्दा झ्याल ढोका खुल्ला बनाएर मात्रै प्रयोग गर्न डाक्टरहरुको आग्रह छ ।।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।