२०८३ मङ्सिर १० गते बिहिवार

दाङमा एक लाखसहित जुवा खेल्दै गरेका ८ जना पक्राउ

तुलसीपुर, ७ मंसिर । दाङको पडढाबाट एक लाख सहित ८ जना जुवा खेल्दै गर्दा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ६ निवासी ५९ वर्षका चेत लाल बुढाथोकी, ४० वर्षका जीवराज डाँगी, तुलसीपुर –१२ निवासी ५६ वर्षका तिलक केसी, ४३ वर्षका फिरु चौधरी, तुलसीपुर –१० का ४४ वर्षका किरण प्रसाद बम, सुदन वली , २९ वर्षका तिलक राम चौधरी, ४५ वर्षका कर्ण चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले एक लाख ११ हजार ७ सय १० रुपैयाँ नगद, तास, कौरा बरामद गरेको छ । चेत लाल बुढाथोकीले तुलसीपुर– १० पड्ढामा पत्तु चौधरीको घरको कोठा भाडामा लिएर जुवा खेलाइरहेको भन्ने सूचना पाएको प्रहरीले ११ बजे राति पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।