काठमाडौँ , २८ कात्तिक । खरको छाना मुक्त बनाउने सरकारले अभियान चलाएको ७ वर्षमा ८३ हजार ३ सय २३ घरमा मात्र टिनको छाना लगाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा मध्यपहाडी जिल्लामा खरको छाना मुक्त बनाउने अभियान सुरु गरिएकामा आर्थिक वर्ष २०७७/०७८ बाट देशभर यो कार्यक्रम लागु भएको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा २ लाख ८० हजार घरको छाना खर, फुसको छ । यसअनुसार करिब २ लाख मानिस खरको छानोमा बसिरहेको बेलामा बजेट भने क्रमश घट्दै गएको छ । सुरक्षित नागरिक आवास निर्माण कार्यक्रमका लागि आर्थिक वर्ष २०७९/०८० मा साढे ३ अर्ब विनियोजन भएको थियो तर चालु आर्थिक वर्षका लागि ४० करोड विनियोजन गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागको आवास शाखा प्रमुख प्रदीप खनालले सरकारले यस कार्यक्रमका लागि विनियोजन गर्ने बजेटको आकार क्रमश घट्दो क्रममा रहेकाले लक्ष्यअनुसारको प्रगति हासिल गर्न नसकिएको बताउनुभयो ।
खरको छानो रहेका मध्ये हालसम्म १ लाख ४३ हजार ३ सय २५ सँग सम्झौता गरिएकोमा १ लाख २२ हजार ७४ जनाले पहिलो किस्ता पाएका छन् । तर ८३ हजार ३ सय २३ घरपरिवाले मात्रै खरको छानोबाट पूर्ण रुपमा मुक्ति पाएका छन् ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।