२०८३ कार्तिक ११ गते बुधवार

नेपाल राष्ट्रिय शिक्षक संगठन बबईको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हापुरे, ८ कार्तिक । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य सावित्रा विश्वकर्माले नेपाल राष्ट्रिय शिक्षक संगठन बिद्वानहरुको संगठन भएको बताउनुभएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन बबई समितिले आयोजना गरेकोबधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख आतिथिको आशनबाट बोल्दै उहाँले बिगत देखि नै पार्टीलाई सफल बनाउन पार्टीको शुभेच्छुक संगठनका रुपमा शिक्षक संगठनको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका अध्यक्ष मिनराज शर्माले नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमालेको शुभचिन्तक सँगठन भएको बताउनुभयो। उहाँले शिक्षक संगठनमा आबद्ध शिक्षक,शिक्षिकाहरु संगठनको विधान अनुसार अगाडि बढिरहेको दावि गर्नुभयो । शर्माले १४ ओैं अधिवेशन मार्फत चयन भएको नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको नयाँ कार्यसमितिलाई सफल बनाउन दाङ जिल्लाभरका सबै गाउँपालिका स्तरीय संगठनहरुको सहयोग र रचनात्मक सुझाव सदैव आवश्यक पर्ने बताउनुभयो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बबईका अध्यक्ष टोपेन्द्र थापाको अध्यक्षतामा पुर्वहापुरे सामुदायिक बनको सभाहलमा सम्पन्न कार्यक्रममा शुभ दिपावलिको अवसरमा शुभकामना आदानप्रदान सँगै नेपाल राष्ट्रिय शिक्षक संगठन दाङको १४ ओैं अधिवेशन मार्फत चयन भएको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन समेत गरिएको थियो ।

कार्यक्रमकै अवसरमा सिता कुमारी खड्काको संयोजकत्वमा ७ सदस्यीय संगठनको बबई गाउँपालिका स्तरिय महिला विभाग र बालकृष्ण केसीको संयोजकत्वमा ३ सदस्यीय सुचना विभाग समेत गठन गरिएको छ । त्यस्तै धिरेन्द्र बहादुर डाँगीको अध्यक्षतामा वडा नम्बर २ र ३ को संयुक्त वडा स्तरिय शिक्षक संगठन तथा जानकी बुढाथोकीको अध्यक्षतामा वडा नम्बर ६ र ७ को संयुक्त वडा स्तरिय शिक्षक संगठन गठन गरिएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन बबईका सचिव सोभाराम वलीले सञ्चालन गरेको कार्यक्रममा बिशिस्ट अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय प्रतिनिधि तथा दाङका पुर्व अध्यक्ष दोमोदर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन दाङका उपाध्यक्ष सुष्मा भण्डारी सचिव धनिराम केसी, एमाले दाङका सदस्य प्रेम बहादुर राम्जा, बबई अध्यक्ष टंकराज बिश्वकर्मा नेपाल राष्ट्रिय शिक्षक संगठन तुलसीपुरका अध्यक्ष होमराज डाँगी, बंगालाचुली अध्यक्ष दुर्गा बहादुर डाँगी,दंगिशरण अध्यक्ष चन्द्रलाल जैसी, शान्तिनगर सचिव तेज बहादुर विक लगायतकाले शुभकामना मन्तब्य राख्नुभएको थियो ।।

प्रकाशित मिति : २०८१ कार्तिक ८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।