मेष राशि – धार्मिक आस्था बढ्ला ।अध्ययनका क्षेत्रमा सबल बनिएला। मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला । आर्थिक क्षेत्रमा अलिक सुधार हुनेछ
वृष राशि – पारिवारिक साथले हिम्मत बढ्ला ।धार्मिक तथा सामाजिक कृयाकलापमा सहभागि भइएला । आत्मविश्वास बढ्ला ।चुनौतिपूर्ण कार्यहरू समाल्नु पर्ला ।
मिथुन राशि – साहस पूर्ण तरिकाले गरिएका कार्यमा सफलता मिल्नेछ ।व्यवसायमा प्रगति होला । नयाँ योजनाहरू बन्लान् ।पारिवारिक साथले मनमा उमङ्ग छाउला ।
कर्कट राशि – साझेदारी कार्यमा सफलता मिल्ला । सकारात्मक सोच र ढृट इच्छा शक्तिले हरेक कार्य सफल होलान् । पारिवारिक जीवनमा सुमधुरता कायम रहला । कार्य क्षेत्रमा तपाईँको प्रतिष्ठा बढ्ला । स्वास्थ्य सुधारोन्मुख रहला ।
सिंह राशि –धर्मकर्म तथा अध्यात्ममा मन जाला । दिन प्रेमिल बन्ला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानीका नयाँ श्रोतहरू बन्लान् । सृजनात्मक कार्यमा सरिक भैएला ।आर्थिक पक्षमा सोचविचार गरेर अगाडि वढ्दा शुभ होला।
कन्या राशि – बौद्धिक क्षमतामा निखार आउला ।महत्वपूर्ण निर्णयहरू सम्पादन होलान् ।अध्ययन र अनुसन्धानमा मन लाग्ला ।तपाईको आज विश्लेषण क्षमता उच्च हुनेछ। पारिवारिक पूर्ण समर्थन प्राप्त होला ।
तुला राशि –कार्यक्षेत्रमा अवसरहरू प्राप्त होलान् । तपाईको हिम्मत एवं नेतृत्व क्षमतामा वृद्दि होला । पारिवारिक सम्बन्ध सुमधुर होला आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला ।
वृश्चिक राशि – कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ला ।सम्बन्धमा केहि खटपट आउन सक्छ । बैचारीक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याउला । आर्थिक पक्षमा निर्णय गर्दा अलिक ख्याल राख्नु होला ।
धनु राशि – धर्मकर्ममा मन जाला । व्यक्तिगत् विकासको लागि आजको दिन राम्रो छ ।कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त होलान् । आर्थिक पक्षमा सुधार होला ।
मकर राशि –कार्यक्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्नु पर्ला । तपाईको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ ।शिक्षा र सृजनशीलतामा सफलता मिल्ला ।आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला । स्वास्थ्यमा सुधार होला ।
कुम्भ राशि –धार्मिक तथा सामाजिक कार्यमा मन जाला । व्यक्तिगत जीवनमा खुसी छाउला । आत्मविश्वास उच्च होला ।पारिवारिक प्रेम बढ्ला । आर्थिक पक्षमा नयाँ अवसरहरूको खोजी होला ।स्वास्थ्य सुधारोन्मुख होला ।
मीन राशि –सामाजिक प्रतिष्ठा बढ्ला । आज तपाईंले मेहनतको फल प्राप्त गर्नुहुनेछ । पारिवारिक प्रेम बढ्ला ।आर्थिक पक्षमा स्थायित्व बढ्ला । नयाँ अवसरहरू हात पार्न सकिएला ।
वास्तु टिप्स – तुलसीको महत्व – घरघरमा रापिने तुलसीले पनि हाम्रो घरमा बिग्रिएको वास्तुलाई केही हदसम्म वास्तु न्यूनिकरण गर्न मद्दत गर्छ । औषिए गुणले पूर्ण तुलसि सकेसम्म घरको पूर्वि उत्तर दिशामा रोप्नु पर्छ जसकारण घरमा आध्यात्मिक उर्जा प्राप्त गर्न सकिन्छ । सबैभन्दा धेरै दिन रात अक्सिजन प्राप्त हुन्छ तुलसीको विरुवा वाट । प्रत्यक्ष नारायण को वास रहने तुलसीको धार्मिक महत्व पनि उत्तिकै रहेको छ ।रुघा खोकि ,ज्वरो जस्ता फ्लु वाट बच्न पनि तुलसीको पानि पकाएर खादा ठिक हुन्छ भनेर आयुर्वेदले भनेको छ ।
ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।