२०८३ कार्तिक ११ गते बुधवार

खाद्य तथा व्यापार कम्पनी तुलसीपुरले चार सय खशीबोका खरिद गर्दै

मूल्य निर्धारण नहुँदै खाद्यमा कोटा भन्दा धेरै खशीबोका विक्रीका लागि किसानहरु

तुलसीपुर, ११ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्ष वडादशैंमा चार सय खशीबोका खरिद गर्ने लक्ष्य लिएको छ । नेपालीहरुको महान पर्व वडादशैलाई लक्षित गदै दाङबाट चार सय खशीबोका खरिद गरि काठमाण्डाँै पठाउने गरी परिपत्र आएको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।

‘चार यस खशीबोका खरिद गर्ने भनेर परिपत्र आएको छ, तर मूल्य भने अझै निर्धारण गरिएको छैन’ उहाँले भन्नुभयो– ‘अव आइतबार मात्रै मूल्य निर्धारण गर्दैछौँ ।’ दशैँमा काठमाण्डौ उपत्यकामा मासु आपुर्ति गर्नका लागी खशीबोका खरिद गर्न लागिएको उहाँले बताउनुभयो । प्रमुख सुनारका अनुसार यहि असोज १७ गते खशीबोकाहरु खरिद गरिने भएको छ । खरिद गर्दा दाङका सबै क्षेत्रबाट गरिने छ । खसीबोका विक्री गर्नका लागि मूल्य निर्धारण नहुँदै किसानहरुले नाम दर्ता गराइरहेका छन् । पछिल्लो समय खाद्यले खशीबोका खरिद विक्री गर्छ भन्ने जानकारी किसानहरुलाई विगतदेखि नै छ । त्यसैले पनि किसानहरु खाद्यको कार्यालयमा पुगेर तथा फोन सम्पर्क मार्फत पनि नाम टिपाइरहेको उहाँले बताउनु भयो । उहाँका अनुसार शुक्रबारसम्म ३५/३६ जना किसानले नाम टिपाएका छन् ।

‘खरिदका लागि माथिबाटै कोटा तोकेर आउँछ तर कोटा भन्दा धेरै खशीबोकाहरु खरिद गरिदिए हुन्थ्यो भन्ने चाहना भने धेरै किसानहरुको हुन्छ’ उहाँले भन्नुभयो– ‘त्यही अनुसार कोटा बढाउनु पर्ने आवश्यकता त छ तर कोटा मात्रै बढाएर खरिद गरेर काठमाडौँ लगेर विक्री हुँदैन अनि झन समस्या थपिन्छ । त्यस कारण आवश्यकताको आधारमा मात्रै कोटा तोकिएर आउने र सोही कोटा अनुसार पठाउने गरिन्छ ।’ गत वर्ष खाद्यमार्फत दशैँमा ७ सय ५६ वटा खशीबोका खरिद गरी पठाइएको थियो भने यस वर्ष कोटा घटेर आएको छ ।।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।