२०८३ कार्तिक ११ गते मङ्गलवार

आजको राशिफल

तुलसीपुर,५ असोज । 

मेष राशि – मनमा हर्ष उल्लास छाउला । कम मेहनतमा पनि सफलता हात लाग्ला । वाणी द्वारा अरुलाई प्रभावित परिनेछ । 

वृष राशि – कार्यमा वाधा उत्पन्न हुनेछन् । कसैको दवाव सहनु पर्ला । मन अशान्त रहला । पारिवारिक समस्या बढ्ला ।

मिथुन राशि – सामाजिक कार्यमा रुचि बढ्नेछ । कुनै विशिष्ट व्यक्तिको भेटघाटले मनमा हर्ष उत्पन्न होला । हिम्मत बढेर आउला ।

कर्कट राशि – शिक्षक र विद्यार्थीको लागि आज दिन शुभ रहला आदर्श व्यक्तिसँग सहकार्य हुनेछ ।कुनै पनि सामाजिक कार्यमा सरिक भइएला । 

सिंह राशि – अधुरा कार्यहरू आज पुन: सुचारू हुनेछन् । तपाईको कार्यको प्रशंसा हुनेछ । नयाँ कुरा सिक्न पाउँदा मनमा खुसी छाउनेछ । 

कन्या राशि – स्वास्थ्यमा अलिक ख्याल राख्नु होला । निर्णय गर्दा विचार गरेर अगाडि वढ्नु होला । चुनौतीको सामना गर्नू पर्ला ।

तुला राशि – न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्ला। चिताएका कार्यहरू पूर्ण होलान् ।

बृश्चिक राशि – तपाईले गरेको कामको प्रशंसा बढ्नेछ ।धर्मकर्ममा मन जाला ।मनमा भने एकखाले भए उत्पन्न होला । 

धनु राशि – भाग्य बढ्ने समय छ । विभिन्न अवसर प्राप्त होला । सम्मान बढ्ला । नयाँ कार्यको प्रारम्भ होला । 

मकर राशि – सामान हराउने चोरी हुने हुन सक्ला ।कार्यमा वाधा उत्पन्न होला ।यात्रामा सजगता अपनाउनु होला । 

कुम्भ राशि – सामाजिक कार्यमा सरिक भइएला । तपाईको कामको मूल्याङ्कन होला । दिन मनोरञ्जनात्मक भएर बित्ला । 

मीन राशि – बोलीको प्रभावले कार्य सम्पादनमा सहजता आउला । अधुरा कार्य पून सुचारु होलान् । लेखन कलाले प्रशंसा पाउला । आजको लागि

वास्तु टिप्स :- घरको उन्नति र प्रगतिको लागि घरमा ऐना राख्दा कुन दिशामा राख्ने त ? – पूर्व वा उत्तर भित्तामा राख्नुस् । – बेडरुममा नराख्नुस् तर राख्नै परे बेडको सामुन्ने राख्न हुदैन । -ढोकाको सामुन्ने राख्नु हुदैन । – बाथरुममा पश्चिम र दक्षिण भित्तामा राखिनु हुदैन । – गोलाकार एवं त्रिकोणीय राख्नु शुभ हैन । 

ज्योतिषी तथा वास्तुविद् माधवा शर्मा आचार्य  

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।