काठमाडौँ, ४ असोज । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा लक्ष्यको ७५ प्रतिशतले मात्र रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ८६ हजारलाई रोजगारी दिने लक्ष्य निर्धारण गरिएकाो थियो । तर आर्थिक वर्षमो अन्त्यसम्ममा भने जम्मा ६४ हजार ९०१ जनाले रोजगारी पाएका छन् ।
समयमा बजेटको निकासा र बजेट अभावका कारण लक्ष्य अनुसार रोजगारी दिन नसकेको कार्यक्रमक उपसचिव शोभा कुमारी पोखरेलले बताउनुभयो । यसैबिच, कोषले चालु आर्थिक वर्षको दुई महिना वितिसक्दा समेत रोजगारी दिन सुरु गरेको छैन । चालु आर्थिक वर्षमा लागि ७ लाख ९७ हजार ७२५ जना बरोजगारीमा सुचिकृत भएका छन् ।
जसमध्ये ६० हजारलाई रोजगारी दिने कोषको लक्ष्य छ । तर हालसम्म रोजगारी दिन सुरू गरिएको छैन । चालु अािर्थक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि ६ अर्व रुपैयाँ बजेट विनियोजन गरिएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।