२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते

तुलसीपुर, २ असोज । दाङको तुलसीपुरमा २ वटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । तुलसीपुरबाट पश्चिमतर्फ जादै गरेको रा ४ प ३०९३ नम्बरको ३ जना चडेको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ८ प ३८२७ नम्बरको मोटरसाइकल तुलसीपुर–२ लौबस्ता नजिकै गएराती ९ बजेको समयमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी रा ४ प ३०९३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–२ कुमलगडी बस्ने २४ वर्षीय मनोज चौधरी, रा ८ प ३८२७ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–९ बेलुवाका २४ वर्षीय संजिव चौधरी, सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका २२ वर्षीय दिल बहादुर चौधरी र २४ वर्षीय कृष्ण चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते तिनैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ । घाइते मध्य दिल बहादुरको दायाँ खुट्टा घुडामुनीबाट चुडिएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।