तुलसीपुर, २९ भदौ । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले तुल्सीपुर उपमहानगरपालिका ७ स्थित अपाङ्गता अध्ययन केन्द्रमा आश्रित १२ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री र फलफुल वितरण गरेको छ । ६० औं र्राष्ट्रिय बाल दिवसको अवसर पारेर सगरमाथा बोर्डिङ स्कुलका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर अपाङ्ग भएका बालबालिकालाई सहयोग स्वरूप शैक्षिक सामग्री र फलफुल वितरण गरेको विद्यालयका भ्वाइस प्रिन्सिपल केशर बुढाथोकीले जानकारी दिनुभयो ।
तुलसीपुर अपाङ्गता अध्ययन केन्द्रका सदस्य सचिव यज्ञबहादुर विश्वकर्माले यसरी अपाङ्गता भएका बालबालिकाहरूलाई विद्यार्थीहरूले आफ्नो खाजा खर्चमा कटौती गरेर शैक्षिक सामग्री वितरण गरेकाले यसले थप प्रेरणा मिलेको बताउनुभयो। साथै विद्यार्थीहरुलाई धन्यवाद पनि ज्ञापन गर्नुभएको थियो। विद्यालयका प्रिन्सिपल छवि कुमार ओलीले केही समय अगाडि विद्यार्थीले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री र फलफुल वितरण गरेको बताउनुभएको थियो। साथै सो अवसरमा विद्यालयले विभिन्न किसिमका अतिरिक्त कार्यक्रमहरूको आयोजना गरेको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले जानकारी दिनुभएको छ।।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।