२०८३ कार्तिक १२ गते बुधवार

ट्रकसँग ट्याङ्कर ठोक्किँदा ५० जनाको मृत्यु

काठमाडौं, २४ भदौ ।  नाइजेरियामा ट्रक र इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा ५० जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईबस्तु बोकेको ट्रकसँग ट्याङ्कर ठोक्किँदा ५० जनाको मृत्यु अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

नाइजर स्टेट इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (सेमा) का प्रवक्ता इब्राहिम हुसेनीले दुर्घटनामा अन्य दुई सवारी साधन, एउटा क्रेन र एउटा पिकअप भ्यान पनि परेका जानकारी दिनुभयो । सडकको खराब अवस्था, पूराना सवारी साधन र चालकको लापर्बाहीका कारण अफ्रिकामा यस्ता दुर्घटना हुने गरेको खबरमा उल्लेख छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।