२०८३ कार्तिक १२ गते बुधवार

जाजरकोटमा पहिरोले पुरिदा श्रीमान–श्रीमती बेपत्ता

काठमाण्डौं, २३ भदौ ।  जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा दुईजना पुरिएर वेपत्ता भएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान् मानबहादुर चलाउने पुरिएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिनुभयो ।

पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उहाँले बताउनुभयो । गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।