२०८३ कार्तिक १२ गते बुधवार

राप्ती नदीमा बेपत्ता भएका दुई जनाको खोजी जारी

काठमाण्डौं, २२ भदौ ।  चितवनको राप्ती नदीमा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भरतपुर–२७ का ४५ वर्षीय सुकबहादुर परियार र भरतपुर–२५ का ४३ वर्षीय सञ्जीव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका–२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा हिजो दिउँसो माछा मार्न गएका उनीहरु नदी तर्दै गर्दा बेपत्ता भएका हुन् ।

उनीहरुसँगै गएका रोहितकुमार चौधरी भने नदी तर्न सफल भएका प्रहरीले जनाएको छ । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको टोली, प्रहरी र स्थानियबासिन्दाले बेपत्ता परियार र चौधरीको खोजी गरिरहेका छन् ।।

प्रकाशित मिति : २०८१ भाद्र २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।