२०८३ कार्तिक १२ गते बुधवार

पश्चिम दाङमा बदेलको आक्रमणबाट एकजना गम्भिर घाइते

तुलसीपुर, १९ भदौ ।  पश्चिम दाङमा बदेलको आक्रमणबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका–७ मलईका ३८ बर्षीय रेशम बाँठा रहेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख (इन्स्पेक्टर) अजयजंग थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज बिहान ८ बजेको समयमा मकै बारीमा आएको बदेल धपाउने क्रममा सोही बदेलले बाँठालाई आक्रमण गरेको हो । घाइते बाठाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।