तुलसीपुर, १८ भदौ । जहाँ जुन पेशामा आबद्ध रहे पनि व्यक्तिगत क्षमता विकास गर्न आवश्यक रहेकोमा एक कार्यक्रमका वत्ताहरुले जोड दिएका छन् । सीप, क्षमता, दक्षता नभइकन आफू र आफू कार्यरत कार्यालय अगाडि बढ्न नसकिने भएकाले आफू सशक्त हुनु पर्ने बताएका हुन् । प्रेस चौतारी नेपाल दाङको महिला विभागको आयोजनामा भएको तीज मिलन महिला सशक्तिकरण तथा सम्मान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य सावित्रा विश्वकर्माले व्यक्ति सशक्त भए मात्र परिवार, समुदाय, समाज र देशलाई सशक्त बनाउन सकिने बताउनु भएको छ ।
उहाँले संचार माध्यम तथा पत्रकारिता क्षेत्र परिवर्तनको मूख्य माध्यम भएको बताउँदै संचार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो । पछिल्लो समय हिन्दु नेपालीहरुको महान पर्व तीजमा भित्रिरहेका विकृति विसंगति हटाउनका लागि पनि संचार माध्यमले भूमिका खेलेर सुसभ्य र सुसंस्कृत समाज निर्माण गर्न पत्रकार तथा संचार माध्यमलाई सुझाव समेत दिनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने ३ जनालाई सम्मान गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयबाट थारु समुदायबाट जोतिष विषयमा आचार्य उत्तीर्ण गर्ने पहिलो महिला तुलसीपुर १८ का पशुपती चौधरी, पत्रकार रमा नेपाली, अपाङगताको तर्फबाट शिक्षक नन्दा नेपालीलाई सम्मान गरिएको होे । नेकपा एमाले दाङका सचिव श्याम डाँगीले आफू पनि पत्रकारिता क्षेत्रमा काम गर्दै राजनितिमा पैवेश गरेको स्मरण गर्दै पत्रकारिताको धर्म र कर्तव्य नबिर्सेर कलम चलाउन आग्रह गर्नुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, पत्रकार तथा मानव अधिकारकर्मी शुशील बस्नेत, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका सहसचिव दिपक बोहोराले कस्तो व्यक्तिलाई पत्रकार भन्ने समय आएको बताउँदै पत्रकारिताको आचार संहिता अनुसार पेशालाई अंगाल्न पत्रकारलाई आग्रह गर्नु भयो । सामाजिक संजालमा जसले कुनै विषयमा केही कुरा लेख्छ, त्यही नै पत्रकार हो भन्ने भ्रम मौलाएको भन्दै यसलाई सुधार गर्नु पर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, नेकपा एमाले लुम्बिनी प्रदेशका सदस्य हुकुम बस्नेत, सरिता सुवेदी, सिमा न्यौपान पत्रकारहरुलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, नेकपा एमाले तुलसीपुर नगर कमिटिका सचिव रुप वहादुर खत्री लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रेस चौतारी नेपाल दाङका महिला विभागका प्रमुख दिप्तीशिखा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य सदस्य प्रेम कुमारी मगर र सहजीकरण सचिव सुरक्षा चौधरीले गर्नु भएको थियो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।