काठमाडौं, १७ भदौ । रुसी एमआई–८ हेलिकप्टर कामचाटका प्रायद्वीपमा दुर्घटनाग्रस्त भएपछि १७ जनाको शव फेला परेको रुसी आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ । रुसको फेडरल एयर ट्रान्सपोर्ट एजेन्सीको प्रारम्भिक तथ्याङ्कअनुसार शनिवार १९ पर्यटक र चालक दलका तीन सदस्यसहितको हेलिकप्टर बेपत्ता भएको थियो ।
अघिल्लो दिन आपतकालीन अवस्था मन्त्रालयले हेलिकप्टर दुर्घटना भएको पुष्टि गर्दै घटनास्थलमा खोजी कार्य जारी रहेको बताएको थियो ।।
प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।