काठमाण्डौं, १७ भदौ । बाँकेको नरैनापुरमा झाडापखालाका कारण चार जनाको मृत्यु भएको आशङ्का गरिएको छ । नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा झाडापखाला फैलिएको छ । गाउँमा केही बिरामी परेका छन् । बिरामीमध्ये चारजनाको मृत्यु भए पनि झाडापखालाबाट मृत्यु भएको भन्ने आधिकारीक पुष्टि हुन बाँकी नै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभएको छ । भारतीय सीमासँग जोडिएको गेगलीमा झाडापखालाका कारण १० जनाभन्दा धेरै बिरामी भएका छन् ।
स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले आफूलगायत स्वास्थ्यकर्मीसहितको विज्ञ टोली प्रभावित गाउँतर्फ जाँदै गरेको र त्यसपछि थप अनुसन्धान र अवस्था बुझेर आज बेलुकासम्म आधिकारीक जानकारी आउने बताउनुभयो । नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाह, स्वास्थ्य चौकीका सिनियर अहेब तैयब अहमद र अन्य स्वास्थ्यकर्मीको टोली यसअघि नै गाउँमा पुगेर बिरामीको उपचार थालिसकेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।