काठमाण्डौं, १६ भदौ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । बिहान ए आर ०१ टी ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रकका चालक र सहचालक घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको मुग्लिन प्रहरीले जनाएको छ ।
बसका यात्रु भने सुरक्षित रहेका छन् । सिमलताल क्षेत्रमा सडक जोखिमयुक्त छ । पानी पर्दा सडकमा लेदोसहितको पहिरो समेत खस्ने गरेको छ । यात्रा गर्दा सडकको अवस्था बुझ्न र सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।।
प्रकाशित मिति : २०८१ भाद्र १६ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।