२०८३ कार्तिक १२ गते बुधवार

चट्याङ लागेर एक बालकको मृत्यु

दैलेख, १३ भदौ ।  दैलेखको आठबीस नगरपालिका–५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको चट्याङ लागेर मृत्यु भएको आठबीस नगरपालिका–५ का वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिनुभयो ।

हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि गएराति कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको र उपचार भइरहेको बताइएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।