२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा अटो पल्टिदा १ जनाको मृत्यु

तुलसीपुर, १२ भदौ ।  दाङको तुलसीपुरमा अटो दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण–२ का ८५ वर्षीय जिवराज बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४५१३ नम्बरको अटो तुलसीपुर–१२ टरिगै नजिकै आज बिहान साढे ८ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा अटोमा सवार रहेका उहाँ घाइते हुनुभएको थियो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका बस्नेतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको थियो । उपचारकै क्रममा आज बेलुका सवा ६ बजेको समयमा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक दंगीशरण–२ का ४१ वर्षीय गुरु प्रसाद खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र १२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।