काठमाडौं, १० भदौ । रोजगारीका लागि विदेश गएकामध्ये एक वर्षमा ३७८ जना नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा विदेशका रहेका २६१ जनाको विभिन्न रोग लागेर मृत्यु भएको छ ।
यस्तै, १९२ जनाले आत्महत्या गरेका छन् भने १९१ जनाको प्राकृतिक मृत्यु, १२९ जनाको हृदयाघातबाट र १०३ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । त्यस्तै ७ जनाको हत्या भएको छ । ५१ जनाको मृत्युको कारणबारे भने अनुसन्धान भइरहेको बोर्डले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।