काठमाण्डौं, १० भदौ । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तानसेनबाट रानीमहलतर्फ गुडिरहेको यूपी १४ डीएन १०४ भारतीय नम्बरको कार गएराति पौने ११ बजेतिर नारायण डाँडामा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कारमा रहेका अरु पाँच जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।