२०८३ कार्तिक ११ गते बुधवार

पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

काठमाडौं, ४ भदौ ।  अर्घाखाँचीको सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयो ।

बिहानको समयमा पशुचौपाया फुकाएर बाहिर ल्याउन गोठमा गएका थापालाई घरमाथिबाट खसेको पहिरोले पुरेको थियो । गोठमा एउटा पाडो, दुई वटा बाख्रा र १५ वटा कुखुरासमेत च्यापिएर मरेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।