२०८३ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा घरभित्रैबाट मोटरसाइकल चोरी

तुलसीपुर, ३ भदौ ।  दाङको तुलसीपुर–८ अस्वाराबाट मोटरसाइकल चोरी भएको छ । अस्वारास्थित अन्नपुर्ण टोल निवासी जित बहादुर भण्डारीको रा ८ प ३३५८ नम्बरको टु–ट्वान्टी पल्सर (रातो कालो) रङको मोटरसाइकल चोरी भएको हो । हिजो आइतबार साँझ ७ बजेको समयमा घरको ब्राण्डमा पार्कीङ गरी राखेको मोटरसाइकल आज बिहान ४ बजे उठेर हेर्दा नदेखेपछी चोरी भएको थाहा पाएको मोटरसाइकल धनी भण्डारीले बताउनुभयो ।

घरदेखी झण्डै ५० मिटरको दुरीमा लगेर मोटरसाइकलको लक तोडिएको फेला परेको उहाँले बताउनुभयो । मोटरसाइकल खोजीका लागी प्रहरीमा निवेदन समेत दिएको उहाँले बताउनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले भने मोटरसाइकलको खोजी कार्य भइरहेको जनाएको छ ।।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।