तुलसीपुर, १ भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ५ का २५ वर्षिय सम्राट गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दंगिशरण गाउँपालिका–५ डाँडाचिसमा रोकिराखेको लुम्बिनी प्रदेश ०२–००१ प ०९४६ नम्बरको ट्याक्टरसँग गएराती १० बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त १४२२ नम्बरको मोटरसाइकल ठोकिएका थिए । दुर्घटनामा गम्भिर घाइते भएका गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । मोटरसाइकल, ट्याक्टर र ट्याक्टर चालक बबई गाउँपालिका ७ का २९ वर्षिय इन्द्र बहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै घोराहीमा टिप्परको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ दिपज्योति चोकका २८ वर्षिय शक्ति सिंह जिसी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइते जिसीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्ज रिफर गरिएको छ । गएराती सवा १० बजेतिर घोराही सिमेन्टबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २२५४ नम्बरको टिप्परले घोराही–१५ दिपज्योति हस्पिटल नजिकै विपरित दिशाबाट गइरहेको रा १ ब ८८५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । टिप्पर र टिप्पर चालक घोराही–१५ भरतपुरका २४ वर्षिय प्रविन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता तिमल्सिनाले जानकारी दिनुभयो ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।