काठमाण्डौं, २३ श्रावन । एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटमा बेपत्ता भएको छ । काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर आसपासमा बेपत्ता भएको हो ।
हेलिकप्टरसँग अन्तिम पटक सूर्यचौरबाट सम्पर्क भएको र त्यसपछि सम्पर्क टुटेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हेलिकप्टरको खोजीका लागि सूर्यचौर क्षेत्रमा प्रहरी र स्थानीय बासिन्दा परिचालित भएका छन् ।।
प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।