काठमाडौं, ११ श्रावन । दैलेखमा खोलाले बगाएर आज शुक्रवार दुई जना किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो ।
सपना फुपू र भावना भतिजी रहेको बताइएको छ । गाई–बाख्रा गोठाला गएका उनीहरू छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका र काफल खेत नजिक सपनाको र जडेपिपल नजिक भावनाको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरू मालिका मावि बाँसीको कक्षा ९ मा अध्ययनरत थिए ।।
प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।