रामेछाप, ११ श्रावन । अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका–६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
दिउँसो खेतमा काम गरेर फर्केपछि बेलुका नुहाएर घरमा आराम गरेर बसेको बेला अकस्मात आएको पहिरोले उनीहरूलाई पुरेको प्रहरीले जनाएको छ । घरको पछाडिपट्टीको कुलेसोतर्फबाट पहिरो झरेको थियो ।।
प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।