२०८३ कार्तिक ११ गते बुधवार

दाङमा साल जातको ७ थान चिरान काठ बरामद

भालुवाङ २० असार । दाङको देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ । मंगलवार राती ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनको देवीकोट जाने बाटोको छेउबाट सो चिरान काठ प्रहरीले बरामद गरेको हो । काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक अमरबहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त बनमा बेवारीसे अवस्थामा रहेको सालको चिरान काठ बरामद गरेको हो । बरामद गरिएको काठका विषयमा आवश्यक कारवाहीको लागी राप्ती सब डिभिजन वन कार्यालय मसुरिया पठाइएको प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिनु भएको छ ।।

प्रकाशित मिति : २०८१ असार २० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।