तुलसीपुर, ७ असार । दाङको दंगीशरण गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक भएको छ । १७औं गाउँसभाबाट आज गाउँपालिका अध्यक्ष शम्भु गिरीले १६ पेज लामो निती तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । निति तथा कार्यक्रममा उज्यालो आँखा कार्यक्रम, छोरी सम्मान कार्यक्रम, सुत्केरी पोषण प्रोत्साहन कार्यक्रम, दिर्घरोगिहरुलाइ निशुल्क औषधि वितरण, दंगीशरण स्वास्थ्य सुधार कार्यक्रम मार्फत अपाङ्ग, जेष्ठ नागरीक, गर्भवती, सुत्केरी र विपन्नहरुको स्वास्थ्य स्याहार तथा वडा–वडामा सामाजिक सुरक्षा भत्ता वितरण जस्ता जनमुखि कार्यक्रमहरुको निरन्तरता दिने उल्लेख गरिएको छ । कृषि क्षेत्रको विकासका लागी उन्नत बिउ बिजन उत्पादनका लागी प्रोत्साहित गरी बिउ उत्पादनको लागी अनुदान दिने व्यवस्था मिलाइनेसमेत उल्लेख गरिएको छ ।
यस्तै बालि बिमा कार्यक्रमको शुरुवात गर्ने, मत्स्यपालन व्यवसायलाई प्रवद्र्धन गरी माछाको उत्पादन वृद्धि गर्न मत्स्य व्यवसायलाई यान्त्रीकरण गर्न विशेष कार्यक्रम अगाडि बढाउने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बबई नदिमा मत्स्य व्यवसाय गर्न प्रोत्साहित गर्ने पनि बताइएको छ । निति शिक्षा अन्तर्गत स्मार्ट विद्यालयको अवधारणा अनुरुप आगामी आर्थिक बर्षमा नमुना बिद्यालयवाट डिजिटल बिद्यालय तथा स्मार्ट कक्षाको परीक्षण गरी क्रमशः सवै बिद्यालयमा विस्तार गर्दै जाने, बिद्यार्थीहरुमा नैतिकताको भावना विकास गर्न सस्कारयुक्त शिक्षा लागु गर्ने, योग शिक्षा तथा अभ्यासलाइ योग साधना केन्द्रका अतिरिक्त बिद्यालयमा समेत लागु गर्ने उल्लेख गरिएको छ । स्वास्थ्य अन्तर्गत दंगीशरणको गौरवको रुपमा रहेको दंगीशरण आधारभुत अस्पताल सञ्चालनको लागी आवश्यक व्यवस्थापन गरी विशेषज्ञ सेवा प्रदान गर्ने निति कार्यक्रममा उल्लेख गरिएको छ ।।























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।