२०८३ कार्तिक १० गते सोमवार

भिज्दै आन्दोलन गरिरहेका किसानहरुलाई रोगले च्याप्दै

तुलसीपुर, २० फागुन । हिजोदेखि परेको पानीले खुला आकाश मुनी त्रिपालको भरमा २४ घण्टा आन्दोलनरत गुठी पीडित मोही किसानहरुलाई समस्या भएको छ । रातदिन घरबाहिर बस्दा उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछि विरामी समेत हुँदै गएका छन् । आन्दोलनरत किसानहरुलाई झाडापखाला, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्याहरु देखा पर्न थालेको गुठी पीडित संघर्ष समितिका अध्ययक्ष प्रभु चौधरीले बताउनु भयो ।

विरामी भएता पनि उनीहरु स्वास्थ्यको ख्याल नगरी निरन्तर आन्दोलनमा उत्रिएका छन् । कोही अस्पताल भर्ना भइरहेका छन् भने कोही औषधी खाँदै अधिकार प्राप्तिका लागि आन्दोलनमा होमिएका छन् । तर माग सम्बोधनका लागि आन्दोलनको १३ औँ दिनसम्म पनि राज्यका कुनै निकायले वास्ता नगरेको उनीहरुको गुणासो छ ।।

नेपालको संविधानको धारा २ सय ९० को उपभारा १ मा गुठी सम्बन्धी व्यवस्थामा गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भैरहेका किसान एवं गुठीको अधिकारका सम्बन्धमा संघीय संसदले आवश्यक कानून बनाउनेछ भनिएको छ भने उपधारा २ मा गुठी सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ भनिएको छ तर उक्त संविधानमा लेखिएका कुरा कार्यान्वयनमा आउन नसकेको गुठी पीडित किसानहरुको भनाई छ ।।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।