तुलसीपुर, १६ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका –८ नम्बर वडाले गर्भवती आमाहरूलाई पोषिलो खानेकुरा वितरणदेखि निःशुल्क भिडियो एक्सरेको सेवा दिएको छ । वडा भित्र रहेका ४८ जना गर्भवती आमाहरूलाई एकै थलोमा भेला गरेर निःशुल्क भिडियो एक्सरे, रक्त परीक्षण, सामाजिक मनोपरामर्श, पोषिलो आहाराका लागि अण्डा वितरण गरिएको हो ।
डा. पुष्पराज रिजालले भिडियो एक्सरे सेवा डा. सृजना हमालले गर्भवती आमाहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । तुलसीपुरमा रहेका १९ वटा वडा मध्य एकैपटक स्तरीय सेवा दिएको यो पहिलो वडा भएको स्वास्थ्य शाखा प्रमुख ओमपी न्यौपानेले बताउनुभयो ।
गर्भवती आमाहरूलाई पोषिलो आहाराका लागि एक/एक क्यारेट अण्डा वितरण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष धर्मराज वलीले गर्भवती आमाहरूलाई सुत्केरी हुने बेलामा निःशुल्क एम्बुलेन्स सेवा तथा भिमसेन मेट्रो अस्पतालमा हर्निया र हाइड्रोसिलका बिरामीहरूलाई निःशुल्क उपचार गर्ने घोषणा गर्नुभएको थियो । कार्यक्रममा भिमसेन मेट्रो हस्पिटलले प्राविधिक सहयोग गरेकाे थियाे । कार्यक्रमकाे सहजीकरण वडाका कर्मचारी दलबहादुर बस्नेतले गर्नु भएकाे थियाे ।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।