आधुनिकताको प्रवेशसँगै बढेको देखासेखीले परम्परागत गरगहना संरक्षण सम्वद्र्धन गर्नमा समस्या भइरहेको अवस्थामा केही थारु समुदायका युवा पुस्ता भने यसको संरक्षणमा लागेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ सज्नेवाकी लक्ष्मी चौधरी थारु गहना लगाएर यसको संरक्षणमा लाग्ने गर्नुभएको छ । उहाँले सबै थारु गरगहना आफूसँग नहँुदा कहाँबाट ल्याउने भन्ने चिन्तामा रहेको बेला तुलसीपुर महोत्सव २०८० मा थारु गहना देखेपछि किनेको बताउनु भयो ।
लोप हुँदै गएको थारुहरुको संस्कृति संरक्षणका लागि उक्त गरगहना चाडपर्वहरुमा लगाउने गरेको उहाँको भनाई छ । यस्तै देउखुरीकी राजकुमारी चौधरी मेलामा थारु गहना पाइन्छ भन्ने थाहा पाएपछि थारु गहना किन्नकै लागि मात्रै मेला हेर्न गएको बताउनु भयो । मेलामा थारु गहना किन्न पाएपछि खुशी भएको बताउँदै थारुहरुको पुराना गरगहना संरक्षणमा सहयोग पुग्ने उहाँको भनाई थियो । नवलपरासीको मध्यविन्दु ७ चोरमारामा थारुक गहना पसल संचालन गर्दै आउनु भएका ओमकुमारी महतो तुलसीपुर महोत्सवमा थारु गहना र सबै जिल्लाका थारु डे«स विक्री वितरणका लागि लिएर आउनु भएको छ ।
पसल संचालन गर्दै गर्दा दाङबाट पनि अनलाइनमा थारु गहना धेरै माग हुने भएकाले महोत्सवमा स्टल राख्नु पर्छ भन्ने लागेर आएको उहाँले बताउनुभयो । थारु गहना स्थानिय कालिगढले निर्माण नगर्दा लोप हुँदै गएको बेलामा बाहिर अन्य देशबाट ल्याएर भएपनि थारुहरुको गरगहना संरक्षणमा लागेको उहाँको भनाइ छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।