२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरको महोत्सवमा प्रकृतिकोे चिनारीका लागि कृत्रिम हिमाल

तुलसीपुर, २८ माघ । दाङमा हरेक वर्षजसो व्यापारिक तथा पर्यटन महोत्सव हुने गर्दछन् । महोत्सवमा साँस्कृतिक कार्यक्रमका साथै व्यापार व्यवसायका लागि विभिन्न स्टल, स्थानीय कला, संस्कृति, कृषि र हस्तकलाको प्रदर्शनीलाई विशेष प्राथमिकतामा राख्ने गरिन्छ भने यस वर्षको महोत्सवमा प्रकृति र नेपालको चिनारी पनि राखिएको छ । अधिकांश महोत्सवमा चर्खेपिङ, डुङगा, मौतका कुवा, रेल जस्ता मनोरञ्जनका लागि राखिएका हुन्छन् । तर यस वर्षको महोत्सव स्थल केही फरक छ । महोत्सव स्थलमा प्रवेश गर्ने वित्तिकै सबैको मन कृत्रिम हिमाल र जानीनजानी बनाइएको गौतम वुद्धको बनावटी तस्वीरले तान्छ ।  उक्त तस्वीरको अगाडि फोटो  खिच्नेहरुको भिडभाड हुने गर्दछ । यसवर्षको महोत्सव स्थल अरु वर्षको तुलनामा मनोरञ्जनात्मक रहेको तुलसीपुर उपमहानगरपालिका ५ का मनोज बस्नेतले बताउनुभयो । महोत्सवमा रहेका मनोरञ्जनात्मक खेल खेल्न तथा हेर्नका लागि प्रवेश शुल्क बाहेक फेरी शुल्क लाग्छ तर महोत्सव स्थलमा रहेको हिमाल, गौतम बुद्धको तस्वीर हेर्न र फोटो खिच्नलाई निशुल्क छ । नजिकमा एउटा दानपेटिका पनि राखिएको छ तर उक्त दान पेटिकामा स्व इच्छा अनुसार दान गर्न सकिन्छ भने जबरजस्ती दान गर्नुपर्छ भन्ने नरहेको तुलसीपुरकै हेमा थापाको भनाइ छ ।

अन्य महोत्सव भन्दा यस वर्षको महोत्सव स्थल केही फरक बनाउन र हाम्रो देशको पहिचान दिनका लागि यो हिमाल, वुद्धको तस्वीर र जंगली जनावर उँटको तस्वीर बनाइएको छ । गौतम बुद्धले प्राणीको हत्या हिंसा नगर्नु, नचोर्नु, झूठो नबोल्नु, झैझगडा नगर्नु, लागु पदार्थ सेवन नगर्नु, जस्ता अर्तिउपदेशहरु दिनु भएको उहाँको जीवनीमा हामी जोेकोहीले पनि पढ्न गर्छौँ । त्यसैले पनि महोत्सवमा यस्ता गतिविधिहरु नहुने भन्ने उद्धेश्यले उहाँको तस्वीर राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक राम प्रसाद चालिसेले बताउनुभयो ।।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।