२०८३ कार्तिक १३ गते शुक्रवार

रुसी सेनामा भर्ती भएका एक युवकको मृत्यु

काठमाडौं, २ माघ ।  रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिनुभयो । रोजगारीका लागि रुसी सेनामा भर्ती हुन पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको उहाँले बताउनुभयो ।

मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले र्मनीमा रहेका मृतकका भाइ कुमार गुरुङलाई मृत्युको खबर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।