तुलसीपुर, २१ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले सडकपेटी मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । सडकपेटी र नाला मिचेर बनाएका संरचना हटाउन घरधनीलाई सार्वजनिक रुपमा अनुरोध गरेपनि अटेर गरेपछि आजदेखि संरचना हटाउ सुरु गरिएको उपमहानगरले जनाएको छ ।
उपमहानगरले पहिलो चरणमा ‘ग’ लाइनबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिनुभयो । नगर प्रमुख टिकाराम खड्काको निर्देशनमा आजदेखि अतिक्रमित संरचना हटाउन सुरु गरेको बताउँदै विवाद हुने ठाउँमा समन्वय गरेर काम अगाडि बढाएको संयोजक डाँगीले बताउनुभयो ।
तुलसीपुर बजारका मुख्य पाँचवटा लाइनका विभिन्न स्थानमा घरधनीले सडकपेटी र नाला मिचेर भौतिक संरचना निर्माण गरेकाले त्यो नहटाउँदा सम्म निरन्तर भत्काउने कार्य जारी राख्ने उपमहानगरपालिकाले जनाएको छ ।
भिडियाे हेर्न तल क्लिक गर्नुहाेस




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।