तुलसीपुर, २२ पुस । जलवायु परिवर्तन र जैविक विविधता संरक्षण सम्बन्धी जिल्ला स्तरीय महिला प्रतिनिधिहरूका लागि प्रशिक्षण तथा संवाद कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जलवायु परिवर्तन, अनुकुलन, वनमा आधारित दिगो विकास तथा रोजगारीका विषयमा ग्रीन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे र लैङ्गिक न्याय र जलवायु परिवर्तनका विषयमा वन प्रशिक्षक सरिस्मा अधिकारीले प्रस्तुती राख्नु भएको थियो ।
वन महासंघ दाङका अध्यक्ष हरि भुसालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । सो अवसरमा घोराही उपमहानगरपालिका उपमेयर हुमा कुमारी डिसी, तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरी, गढवा गाउँपालिका उपाध्यक्ष सारदाकुमारी चौधरी, बबई गाउँपालिका उपाध्यक्ष बम कुमारी खडका,शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष भिम प्रसाद खडका, डब्लु आरआर एनका कार्यक्रम संयोजक विनिता कार्की, नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी अचार्य, लगायतले प्रस्तुकरणमाथि छलफल तथा टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको संयोजक वर्षा नेवारले गर्नुभएको थियो । कार्यक्रममा १० वटा पालिकाका उपमेयर तथा उपाध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रम ग्रीन फाउण्डेसन, वन महासंघ, डब्लु आरआर एन र एफएओको संयुक्त आयोजना भएको थियो ।

