तुलसीपुर, १७ पुस । तुलसीपुर महोत्सवमा हराएका ८० जना बालबालिकालाई आयोजकले आफन्तको जिम्मा लगाएको छ । अभिभावकसंग मेला हेर्न आएका बालबालिकाहरु अत्याधिक भिडभाडका कारण हराएपछि उनिहरु विभिन्न व्यक्ती मार्फत महोत्सवको मञ्चमा आइपुगेका थिए । महोत्सवमा ३ बजेदेखि आएर बसेका बालबालिकालाई साँझ साढे ६ बजेसम्म सम्पर्क गरेर आफन्तको जिम्मा लगाएको महोत्सव आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर वलीले जानकारी दिनुभयो ।
हराएका बालबालिका ४ वर्ष देखि १२ वर्षउमेर समूहका थिए । प्रथम तुलसीपुर महोत्सव सुरु भएको १३ औं दिनसम्म आइपुग्दा अहिलेसम्मकै सबैभन्दा बढी दर्शक आज आएको महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीले बताउनुभयो । आज मात्रै करिब २१ हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेको अध्यक्ष केसीले बताउनुभयो ।
दाङकै कलाकार पल शाह आएका कारण दर्शको ठूलो भिड भएको आयोजकले बताएको छ । अत्याधिक भिडभाडका कारण व्यवस्थापन गर्न सुरक्षाकर्मी, सेक्युरिटी गार्ड, स्वंमसेवकलाई हैरानी भएको थियो । स्थानीय उत्पादनलाई प्रवर्वद्धन गरौ, औद्योगिक वातावरणको सुधार दिगो अर्थतन्त्रको सुधार, भन्ने नारा सहित महासंघले पुस ४ गतेदिख मेला सचालन गरेको हो ।

