२०८२ पुष ३० गते बुधवार

जिप्रका सल्यानमा सुतेकै ठाउँमा प्रहरी वरिष्ठ हवलदार मृत फेला

सल्यान, २७ पुस । जिल्ला प्रहरी कार्यालय, सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवलदार भिमबहादुर केसी मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ कृष्णमन्दिर निवासी ४१ वर्षका  केसी बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

स्ट्यान्डवाई डिउटीमा रहेर साँझको खाना खाई ब्यारेकको बेडमा सुतेका केसीलाई आज बिहान करिब ६ बजे पिटी सामेलीका लागि उठाउने क्रममा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी डा.हेमबहादुर केसीले जानकारी दिनुभयो ।

हृदयघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गएको मंगलबार केसीको प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएको थियो । मृतक केसीको आज तुलसीपुरको गहते खोला घाटमा अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार
प्रतिक्रिया