२०८२ पुष ३० गते बुधवार

थाइल्याण्डमा रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

फाईल फोटो

काठमाडौ, ३० पुस । थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुडीरहेको रेलमाथि खस्दा कम्तीमा २२ मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

सिखियो जिल्लामा भएको दुर्घटनामा घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ ।

राज्य रेल्वे अफ थाइल्याण्डका अनुसार रेलमा १ सय ९५ जना यात्रु रहेको र घटना बारे थप अनुसन्धान गर्न थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री फिपात राचाकितप्रकर्नले आदेश दिएको खबरमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार
प्रतिक्रिया