फोटो फाईल
काठमाडौं , ३० पुस । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईंलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको आरोपमा पक्राउ गरेको हो ।
५० लाख जनालाई म्यासेज पठाएको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो ।नेपाल टेलिकमको गेट वे प्रयोग गरी एटी अलर्टको नाममा यसरी उनले म्यासेज गरेको प्रहरीले बताएको छ ।
यसरी म्यासेज गर्न उनले दूरसञ्चार कम्पनीसँग सम्झौता गरेको पाइएको छ । तीनै मध्येका दुई वटा कम्पनी प्रयोग गरी एक करोड खर्चेर म्यासेज पठाएको सेढाईले दाबी गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।चितवनका सेढाईं कारको व्यवसाय र पेट्रोल पम्प सन्चालक समेत रहेको खुल्न आएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार

