तुलसीपुर, २७ पुस । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले काठमाण्डौको भृकुटीमण्डपमा आज देखि सुरु भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा नजाने बताउनुभएको छ ।
टेलिफाेनमा संवाद
पत्रकार : नमस्कार हजुर
दीपक गिरी : नमस्कार
पत्रकार : कहा हुनुहुन्छ ?
दीपक : काठमाण्डौमा छु
पत्रकार : महाधिवेशनमा जाँदै हुनुहुन्छ ?
दीपक : के कुरा गर्या यार किन जाने म ? तपाइ कुरो पनि बुझ्नुहुन्न क्या हो, महाधिवेशनमा म जाँदैन !
प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार

