काठमाण्डौं,३० पुस । आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदी आज तोलामा एकैदिन ३ सय १५ रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो चाँदीको अहिलेसम्मकै उच्च भाउ हो । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको थियो ।
प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार

