२०८२ पुष ३० गते बुधवार

तुलसीपुरको अमृतपुर खानेपानीमा खडका र वलीको प्रतिस्पर्धा

तुलसीपुर, ७ पुस । अमृतपुर खानेपानीमा यतिबेला चुनावी सरगर्मी बढेको छ । अध्यक्ष पदका उम्मेदवा जीतबहादुर खडका र दशरथ वली चुनावी मैदानमा होमिनु भएको छ । नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार खडकालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेको छ भने नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार वलीलाई नेपाली कम्युनिष्ट पार्टीको समर्थन रहेको छ । दुबै पक्ष चुनावी माहोल आ–आफ्नो पक्षमा पार्न यति बेला उपभोक्ताको घर घरमा पुगेर भोट मागी रहेका छन् । संयुक्त प्यानलको नेतृत्व गर्नु भएका जीत बहादुर खडकाले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने उद्देश्य सहित खानेपानीको नेतृत्वमा आउन खोजेको बताउनुभएको छ ।

कोषाध्यक्ष पदमा रहेर एक कार्यकाल काम गर्दा विगतमा लाखौ रुपैयाँ फजुल खर्च हुनबाट संस्थालाई जोगाएको स्मरण गर्दै खडकाले निर्वाचित भएपछि संस्थालाई आर्थिक रुपले बलियो बनाउन, वेथितीबाट जोगाउन र भष्ट्राचार मुक्त संस्था स्थापित गर्ने काम पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो । सामाजिक संस्थाहरु भ्रष्टहरुको चंगुलमा फस्दा उद्देश्य अनुसारको कार्य पुरा नहुने बताउँदै अध्यक्ष पदका उम्मेदवार खडकाले भ्रष्टाचारको समूल अन्त्यपछि मात्रै जनताले सहज रुपमा स्वच्छ पानी खाने वातावरण तयार हुने बताउनुभयो ।

त्यसैगरी लोकतान्त्रिक साझा प्यालनको नेतृत्व गर्नुभएका अध्यक्ष दशरथ वलीले अमृतपुर खानेपानीमा आफ्नो विकल्प नभएको बताउनुभयो । वर्षौदेखि खानेपानीमा काम गर्दै आइरहेको लामो अनुभव रहेको बताउँदै वलीले सुशासन र दिगो संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । जनतालाई सहज रुपमा पानी पु¥याउनका लागि अधुरा योजनाहरु पुरा गनुपर्ने दायित्व आफुलाई भएको बताउँदै संरक्षति मुहान, प्रविधियुुक्त संरचना निर्माणको काम अनुभवी व्यक्तीले मात्रै गर्न सक्ने बताउनुभयो । अध्यक्ष पदका दुबैजना उम्मदेवारको घर, आँगनले छु्ट्याएकाले निर्वाचन रोचक र कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

खडका नेतृत्वको सयुक्त प्यानलबाट उपाध्यक्षमा मेघराज पाण्डे, सचिव मुक्ती प्रसाद भट्टराई, सहसचिव प्रेम कुमारी बिक, कोषाध्यक्ष हिरा बिक, सदस्य मीनुका पन्ती, सीता बस्याल, दण्ड बहादुर खत्री र इन्द्रजीत चौधरी रहनु भएको छ ।
त्यसैगरी वली नेतृत्वको लोकतान्त्रिक साझा प्यानलबाट उपाध्यक्षमा पमलाल भट्टराई, सचिवमा मदन प्रकाश हमाल, सह सचिवमा रत्ना केसी, कोषाध्यक्षमा लालबहादुर वली, सदस्यहरुमा कृष्ण बहादुर बिक, लक्ष्मी केसी र देवी शर्मा रहनु भएको छ । एक हजार २ सय ६४ जना उपभोक्ता संख्या रहेको अमृतपुर खानेपानीमा पुस ९ गते निर्वाचन हुँदै छ । यता राष्ट्रिय स्वतन्त्र पार्टीेले भने सामाजिक संघ संस्थामा हुने निर्वाचनमा सहभागि नहुने तुलसीपुर नगर अध्यक्ष जीवन भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया