२०८३ मङ्सिर १० गते बिहिवार

३४ करोड ७९ लाख राजस्व संकलन

तुलसीपुर, २ साउन । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले २०७८/०७९ भन्दा २०७९ / ०८० मा ३७ लाख बढि राजस्व संकलन गरेको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले एक वर्षको अवधिमा ३४ करोड ७९ लाख राजस्व संकलन गरेको जनाएको छ । आर्थिक वर्ष २०७९ /०८० को एक वर्षको अवधिमा ३३ करोड १८ लाख मध्ये ३४ करोड ६९ लाख राजस्व संकलन गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभएको छ । उहाँका अनुसार एक वर्षमा ३ करोड ८९ लाख युनिट विद्युत विक्री भएको छ ।
यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ३४ करोड ३२ लाख विद्युत महशुल बापतको रकम संकलन भएको थियो ।  ३ करोड ५८ लाख युनिट विद्युुत खपत भएको थियो । समयमा विद्युत महसुल नबुझाउने ग्राहकहरुबाट २०७९ / ०८० मा जरिवाना वापत १ करोड ३८ लाख राजस्व संकलन भएको छ भने २०७८/०७९ मा जरिवाना वापत १ करोड ८८ लाख राजस्व संकलन भएको थियो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरको सानादेखि ठूला ग्राहकहरु ४९ हजार भन्दा बढी रहेको पनि प्राधिकरणका प्रमुख फर्सालले जानकारी दिनुभयो ।
विद्युतका कर्मचारीले मिटर रिडिङ गरेको ७ दिनभित्र विद्युत महशुल बुझाउने ग्राहकहरुलाई २ प्रतिशत छुट दिने गरेको छ भने १६ देखि ३० दिनसम्म ५ प्रतिशत, ३० देखि ४० दिनसम्म १० प्रतिशत र ४० दिनभन्दा बढी भएमा २५ प्रतिशत जरिवाना लाग्ने गरेको उहाँले बताउनु भयो । त्यसैले समयमा नै विद्युत महसुल बुझाउन र जरिवाना तिर्नबाट बच्न सवै ग्राहकहरुलाई आग्रह पनि गर्नु भयो ।

 

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।