तुलसीपुर, २९ असार । नेपाल मानव धर्म सेवा समिति दाङले भानुजयन्तीको अवसर पारेर तुलसीपुरमा कविता प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सरस्वती मावि दमारगाउँकी छात्रा गीता खड्का प्रथम, सोही विद्यायलकै प्रतिक्षा बिक द्वितीय र मानव धर्म सेवा समिति अन्तर्गत रहेको बाल सभाका दीप थापा तृर्तिय हुनुभएको थियो । त्यसैगरी प्रतियोगितामा मावि दोघरेकी छात्रा टिका वली सान्त्वना हुनु भएको थियो । कक्षा ८ सम्मका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा ११ जना छात्रछात्राको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रतियोगीहरूले कविता मार्फत आदिकवि भानुभक्त आचार्यको जीवनी, सामाजिक योगदान र उनका कृतिका बारेमा चर्चा गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल संस्कृत विश्व विद्यालयका प्राध्यापक डा. खगेन्द्र घोडासैनी, राप्ती बबई क्याम्पसकी सहायक प्राध्यापक यशोदा पाण्डे र दाङ भ्याली माविकी शिक्षिका प्रतिक्षा शाही रहनु भएको थियो ।
सन्तमहात्मा चाँदना बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा सन्तमहात्मा चन्द्रकान्ता वाइजी, नेपाल मानव धर्म सेवा समितिका कोषाध्यक्ष , सुशीला मैनाली सापकोटा, युथको तर्फबाट सुर्य बहादुर थापा लगायतले आआफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण समितिका सचिव चन्द्रबहादुर वलीले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।