दाङ र जुम्ला घटनाका विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । जातीय विभेद तथा छुवाछूत विरुद्ध मानव अधिकार तथा शान्ति समाजले दाङमा प्रदर्शन गरेको हो । दाङको घोराहीमा घर भाडा बसेका दलित समुदायका परिवारलाई गाली गलौच गरि घरबाट हटाएको घटना र जुम्लामा अन्तरजातीय विवाहका कारण दलित समुदायको घरमा आगो लगाएको विरुद्धमा शान्ति समाजले प्रदर्शन गरेको हो ।
हाम्रो अभियान जातीय छुवाछूत विरुद्ध हो , छुवाछूत मानवता बिरुवाको अपराध हो लगायतका प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । शान्ति समाज दाङ शाखाका कार्यवाहक सभापति कोमल डिसीको अध्यक्षतामा भएकोमा प्रदर्शन पछि आयोजित कार्यक्रममा केन्द्रिय सचिव निर्मल नेपाली, शाखा सल्लाहकार शरद रेग्मी , दलित अधिकार कर्मी युवा करारा र खेमराज विश्वकर्मा लगायतले सामाजिक न्यायका लागि यस्तो दवाव मूलक कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गर्नुभएको थियो ।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।