तुलसीपुर, ८ असार ।तुलसीपुर वडा नम्बर ११ को समग्र विकासका निम्ति विकास पूर्वाधार तर्फ प्रदेश सरकारबाट २ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ को असार १ गते भएको लुम्बिनी प्रदेशको बजेट भाषणमा बजेट विनियोजन गरिएको तुलसीपुर ११ का वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभएको हो । उहाँका अनुसार बन्गै ,घोराडबरा,बेलगनार सडक स्तर उन्नतिका लागि रु २५ लाख, श्रि शान्ति मा बि नवलपुर भौतिक निर्माणको लागि रु १५ लाख, सुकौरा,बेलगनार पातुखोला तटबन्धनका लागि रु २० लाख, कटाह चौधरी गाउँको सडक स्तर उन्नतिका लागि रु १० लाख, उरहरी हेल्थ पोस्टको निर्माणाधीन भबनको लागि रु २० लाख, हस्नापुर बस्ती बिकासको सम्भाब्यता अध्ययनको लागि रु १५ लाख, बेल्टाकुरा कृष्ण मन्दिर,कटाह चौधरी गाउँ ,समि चौतारा जाने सडक कालोपत्रेको लागि रु २० लाख, शान्ती मार्ग गैरा जस्पुर रु २० लाख छुट्याइएको छ । यस्तैगरी थारु राजा दङ्गिशरण दरबार सुकोैरा कोटको भोैतिक पुर्वधार निर्माणको लागि रु पचास लाख, तुलसीपुर १०,११ र १२ जोड्ने सिमलकाची,आँखाफुटी,क्वाङी,पढ्ढा,पुकारपसल जोड्ने सडक स्तर उन्नतिको लागि प्रदेश सरकार बाट रु ३५ लाख बजेट विनियोजन भएको रावतले जानकारी दिनुभएको छ । यसैविच थारु राजा दङ्गिशरण दरबार सुकोैरा कोटको भोैतिक पुर्वधार निर्माणको लागि संघीय सरकारबाट एक करोड , तुलसीपुर १०,११ र १२ जोड्ने सिमलकाची,आँखाफुटी, क्वाङी, पढ्ढा, पुकारपसल जोड्ने सडक स्तर उन्नतिको लागि पनि संघिय सरकारबाट रु ३५ लाख बजेट विनियोजन भएको रावतले बताउनु भयो । साथै उहाँले वजेट विनियोजनमा सहयोग गर्ने लुम्बिनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्की, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई धन्यबाद ज्ञापन गर्नु भएको छ ।।





टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।