२०८३ भाद्र २९ गते सोमवार

फोहर व्यवस्थापनमा तुलसीपुर उपमहानगरको डेढ करोड खर्च

फाइल फाेटाे

तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि करिब डेढ करोड खर्च गर्ने गरेको छ । सहर बजारबाट निस्केको फोहरलाई व्यवस्थि गर्न वार्षिक एक करोड ५० लाख खर्च हुने गरेको वन, वातावरण तथा हरियाली पर्वद्धन शाखा प्रमुख माधव पौडेलले जानकारी दिनुभयो । गल्ने र नगल्ने फोहर समेत गरेर तुलसीपुर बजारबाट दैनिक २५ टन फोहर निस्कीने गरेको छ । संकलन भएको फोहर मध्य सबैभन्दा बढी प्लाष्टिक, सिसा, काँच, फलाम, बोतल, टिन, क्यान, मेडिलकजन्य फोहर रहेको छ ।

उपमहानगरले तुलसीपुर बजार सहित, ६, ७, ८, ९, १७,१८ र १९ नम्बर वडाका बजार क्षेत्रबाट समेत फोहर उठाउने गरेको छ । बजारबाट संकलित फोहरलाई प्रशोधन गरेर गल्नेलाई कम्पोष्ट मल र नगल्नेलाई डम्पिक गर्ने गरिएको छ । फोहर मैला प्रशोधन केन्द्र मार्फत करिब पाँच हजार किलो कम्पोष्ट मल उत्पादन गरिएको छ । उपमहानगरले १५ हजार सेवा ग्राहीकोमा पुगेर फोहर संकलन गर्ने गरेको छ । फोहरलाई तुलसीपुर उपमहानगरपालिका–६ र १२ को सिमानामा लगेर व्यवस्थापन गर्ने गरिएको छ । तुलसीपुर बजारको सरसफाई, सौन्दर्यकरणका लागि दैनिक घर–घरमा पुगेर फोहर उठाउने गरिएको छ ।।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।